फोहोर व्यवस्थापनबारे लगानी बोर्डका सीईओसँग बालेनको छलफल

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा निजी क्षेत्र संलग्न गराउनेबारे लगानी बोर्ड नेपालसँग छलफल गरेका छन् ।

मंगलबार बोर्डका प्रमुख कार्यकारी अधिृकत (सीईओ) सुशील भट्टसँग मेयर शाहले यसअघि कार्यान्वयन गर्न अगाडि बढाइएको परियोजनाको प्रभावकारिता, असर र चुनौतीबारे छलफल गरेका हुन् ।

छलफलको क्रममा बोर्डले फोहोर व्यवस्थापनमा निजी क्षेत्र संलग्न गराउँदाको सकारात्मक पक्षबारे शाहलाई जानकारी गराएको थियो । यसअघि भएका तयारी र त्यसलाई निरन्तरता नदिंदा आउनसक्ने चुनौतीबारे पनि छलफल भएको थियो ।

मेयर शाहले निजी क्षेत्र ल्याउने विषयमा सकारात्मक भए पनि बञ्चरेडाँडा क्षेत्रमा सामाजिक रुपमा उठेका मुद्दा संवेदनशील भएको बताएका थिए । उनले उपत्यकाका अन्य नगरपालिकाहरुसँग पनि छलफल गरेर फोहोर व्यवस्थापनमा वैज्ञानिक विधि अबलम्बन गरिने बताए ।

*सच्चाइएकोः यसअघिको शिर्षकमा लगानी बोर्ड हुनेपर्नेमा पर्यटन बोर्ड भएकाले सच्चाएका छौं । असुविधाका लागि माफि चाहन्छौं- सम्पादक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर