नेपाल प्रहरीका १७ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस, एक नम्बरमा कुँवर

गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।

बुधबार राती मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका एसएसपी वषन्तबहादुर कुँवरलाई पहिलो नम्बरमा र चारैजना महिला एसएसपीसहित १७ जनाको बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेहरुमा दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा अशोक सिंह, चौथोमा दीपक थापा र पाँचौंमा श्यामलाल ज्ञवाली छन् । यस्तै किरण बज्राचार्य छैठौं, सातौंमा यसअघिको बढुवामा पहिलो नम्बरमा रहेका सन्दिप भण्डारी रहेका छन् ।

बढुवा सिफारिस हुनेहरुमा क्रमश सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र अन्तिममा किरण राणा रहेका छन् ।

हेरौं बढुवा सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *