![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
बेलायती पत्रकार डम फिलिप्सको शव अमेजन जंगलमा फेला
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![बेलायती पत्रकार डम फिलिप्सको शव अमेजन जंगलमा फेला](https://www.pardafas.com/wp-content/uploads/2022/06/Philips-UK-Journalist.jpg)
बेलायती पत्रकार डम फिलिप्सको शव ब्राजिलको अमेजन जंगलमा फेला परेको छ ।
ब्राजिलको अमेजन जंगलमा भेटिएको दुईवटा मानव शरीरका अंगमध्ये एक बेलायती पत्रकार फिलिप्सको भएको पुष्टि भएको हो । फरेन्सिक परीक्षणका क्रममा दाँतसम्बन्धी रेकर्डबाट उक्त शवको अवशेष उनकै भएको पुष्टि भएको हो ।
अर्को शरीर भने आदिवासीसम्बन्धी विज्ञ ब्रुनो पेरेइराको हुन सक्ने भन्दै अनुसन्धान भइरहेको बीबीसीले उल्लेख गरेको छ ।
गत जुन ५ मा पहिलोपटक ५७ वर्षीय फिलिप्स र ४२ वर्षीय पेरेइरा हराएको खबर सार्वजनिक भएको थियो । यसै साता उनीहरूको हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्तिले शव गाडेको स्वीकार गरेका थिए ।
संदिग्ध व्यक्तिको पहिचान अमारिल्डो डा कोस्टा डि ओलिभेरियाका रूपमा भएको छ । ती व्यक्तिले दुवैको हत्या गरेको स्वीकार गरेकोसमेत बीबीसीले उल्लेख गरेको छ ।
पत्रकार फिलिप्सले अमेजनमा दिगो विकाससम्बन्धी पुस्तक लेख्दै थिए भने पेरेइराले उनलाई सघाइरहेका थिए । दुवै जना ब्राजिलको सुदूरपश्चिममा रहेको जावारी उपत्यकामा हराएका हुन् जहाँ २० वटा समूहमा हजारौंको संख्यामा आदिवासीहरूको बसोबास छ ।
गन्तव्यमा पुग्न लागेकै बेला उनीहरू चढेको डुंगा कब्जामा लिइएको थियो । उक्त क्षेत्र अवैध उत्खनन गर्ने काठ तस्कर हुने क्षेत्रका रूपमा परिचित छ ।
कोका र कोकिन समेत उक्त रुट हुँदै तस्करी हुने भएकाले पनि हत्यामा आपराधिक समूहको हात हुनसक्ने आशंका छ । जानकारहरूका अनुसार उक्त क्षेत्रमा निकै नै दुर्गम र सरकारको उपस्थिति कम भएकाले पनि आपराधिक गतिविधि बढी हुने गरेको छ ।
प्रतिक्रिया