हेल्सिन्की युनिभर्सिटीले रद्द गर्‍यो चिनियाँ लगानीको कन्फुसस इन्स्टिच्युटसँगको सम्झौता

फिनल्याण्डको हेल्सिन्की युनिभर्सिटीले चिनियाँ लगानीको कम्फुसस इन्स्टिच्युटसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ।

 

चिनियाँ भाषा र संस्कृतिको अध्ययन/अध्यापन गराउने उक्त शैक्षिक सञ्जालमा निरन्तर चिनियाँ सहयोग आउने भएसँगै सम्झौता रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

 

आगामी जनवरीदेखि सकिने सम्झौतालाई निरन्तरता दिन इन्स्टिच्युटले आग्रह गरेको भए पनि युनिभर्सिटीले अस्वीकार गरेको हो ।

 

 

कन्फुसस सञ्जालका इन्स्टिच्युटसँगको सम्झौता बन्द गर्ने फिनल्याण्ड एक्लो मुलुक भने होइन । यस्ता संस्थालाई चीनले आफ्नो प्रोपोगाण्डा फैलाउन प्रयोग गरिरहेको हुन सक्ने आशंकामा दर्जनभन्दा धेरै पश्चिमा विश्वविद्यालयहरुले उक्त संस्थासँगको सम्बन्ध तोडिसकेका छन् ।

 

यसअघि स्वीडेन र डेनमार्कले पनि कन्फुसिससँगको सम्झौता तोडेका थिए ।

 

युनिभर्सिटीले कन्फुसिस संस्थासँगको सम्बन्ध तोडेसँगै अब उसले आफ्नै चिनियाँ भाषाको पाठ्यक्रम सार्वजनिक गर्नुपर्ने हुन्छ ।

 

 

युनिभर्सिटीले त्यसका लागि यसअघि नै दुई शिक्षक ल्याइसकिएको बताएको छ । पछिल्लो समय चिनियाँ भाषाको आवश्यकता चिनियाँ भाषा जान्ने सीप पनि विकास गर्नु जरुरी रहेको युनिभर्सिटीका एक शीर्ष अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर