वडाध्यक्ष नेतृत्वको समूहबाट जनकपुरका उपप्रमुखमाथि आक्रमण

अतिक्रमित जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन गएको समूहले जनकपुर उपमहानगरपालिकाका उपप्रमुखमाथि आक्रमण गरेको छ ।

 

जनकपुरधाम–२३ लादोबेलास्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन आएको वडा नं. २३ का वडाध्यक्ष राघवेन्द्र साहको समूहले उपप्रमुख किशोरी साहमाथि मुक्का प्रहार गरेको हो ।

 

रामजानकी दुल्हा भगवान कुटीलाई स्थानीय समाजसेवी एवम् दाताहरुले १७ बिघा १५ कठ्ठा जग्गा दिएका थिए । त्यो जग्गा बेचबिखन हुन थालेको र त्यसलाई रोक्न सो समूहले माग गरेको हो ।

 

नगर प्रमुखलाई नभेटेपछि उपप्रमुखलाई ज्ञापनपत्र बुझाइएको र उपप्रमुख साहले सम्बोधन गर्न लाग्दा उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर