भारतीय प्रधानमन्त्री मोदीले पुरा गरे वाचा, रामायण सर्किट अब रेलमै सररर…..

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चारवर्ष अघि जनकपुरधाममा गरेको वाचा पुरा गरेका छन् । २०७५ वैशाखमा जनकपुरधाममा उनले जानकी मन्दिर परिसरमा उभिएर रामायण सर्किट बनाउने र त्यसलाई रेल मार्गले जोडने घोषणा गरेका थिए ।

 

भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको चारवर्षपछि रामायण सर्किट घुम्नेगरि भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ असार ९ गते जनकपुरधाम आउने भएको छ । भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए  ।

 

 

रामायण सर्किटमा सञ्चालन हुने रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताए।

 

 

काठमाडौंस्थित भारतीय राजदूतावासका अनुसार भारतका रेल मन्त्री र पर्यटन मन्त्रीले  संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ उद्घाटन गरेका हुन् ।

 

 

पर्यटक रेलको उद्घाटनसँगै  ‘आईआरसीटीसी भारत गौरव पर्यटक रेल’ अन्तर्राष्ट्रिय सीमा पार गरी समग्र रुपमा पर्यटनको प्रवर्धन गर्ने पहिलो रेल सेवा हुनेछ ।

 

रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी (नासिक), हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई पनि पहिलो पटक जोड्दैछ ।

 

 

रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदा लगायतका बहुरुपी झल्को देख्न सकिन्छ ।

 

 

युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदा स्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भुत रचनालाई प्रवर्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगल कालिन प्राचीन संरचना लगायत गुजरातमा अवस्थित स्टैच्यू अफ यूनिटी, दिल्लीमा रहेको नेसनल वार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्वीरले सजाइएका छन् । यस रेलको दुईवटा डिब्बालाई विशेष रुपमा योग सम्बन्धि तस्वीर तथा सामाग्रीले सजाइएको छ जुन हालका वर्षहरुमा विश्वभर प्रचलित छ ।

 

 

रेलमा १४ वटा डिब्बा हुनेछन् जसमध्ये केही डिब्बाका बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोक नृत्य, पोशाक, पर्व, परिकार प्रवर्धन गर्ने किसिमका सामाग्री देख्न सकिन्छ ।

 

 

भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक आउन लागेको र उनीहरुले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ । भारतीय राजदूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर