२२ बिमा कम्पनीलाई जरिवाना

बिमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बिमा कम्पनीलाई जरिवाना गरेको छ । बीमा ऐनमा भएको व्यवस्था बमोजिम तोकिएको समयभित्र लेखापरीक्षण नबुझाएको भन्दै समितिले ती कम्पनीलाई कारबाही गरेको हो ।

 

 

समितिका अनुसार पहिलोपटक लेखापरीक्षण प्रतिवेदन नबुझाउने १० कम्पनीलाई १०/१० हजारको दरले तथा दोस्रोपटक समयमा नै लेखापरीक्षण प्रतिवेदन नबुझाउने १२ कम्पनीलाई थप ५०० रुपैयाँसहित १० हजार ५०० रुपैयाँका दरले नगद जरिवाना गरिएको हो ।

 

समितिले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनी प्रत्येकलाई १० हजारका दरले र आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रोपटक कानुनी व्यवस्थाको उल्लङ्घन गर्ने बिमा कम्पनी प्रत्येकलाई ५०० थप १० हजार ५०० रुपैयाँका दरले जरीवाना गर्ने निर्णय गरेको हो ।

 

बिमा ऐन, २०४९ र बिमा नियमावली, २०४९ बमोजिम बीमा कम्पनीले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन अनिवार्य रुपमा बिमा समितिमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

 

 

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेड, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७­/७८ को लेखापरीक्षण प्रतिवेदन बुझाएका छैनन् । समितिका अनुसार ती प्रत्येक कम्पनीलाई १० हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरिएको हो ।

 

 

यसैगरी राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई १० हजार ५०० रुपैयाँ नगद जरिवाना गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर