
आईजीपी बढुवाविरुद्धको रिट पुनः हेर्दाहेर्दैमा, अर्को सुनुवाई असार १३ मा हुने


नेपाल प्रहरको महानिरीक्षक (आईजीपी)मा सरकारले गरेको बढुवाविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट आइतबार पनि हेर्दाहेर्दैमा परेको छ ।
जेठ ३० गतेबाट अन्तिम सुनुवाइ थालिएकोमा आइतबार पनि सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको हो । आइतबार अधिवक्ताहरु पूर्णमान शाक्य, राधेश्याम अधिकारी, हरि उप्रेती, रमेश बडालसहितका वकिलले बहस गरेका थिए।
आगामी असार १३ गते यो मुद्दामा विपक्षीहरुको तर्फबाट सुनुवाइ हुनेछ।
हेर्दाहेर्दैमा राखिएको मुद्दामा आइतबार बहसका क्रममा अधिवक्ताहरुले आईजीपी नियुक्तिमा प्रधानमन्त्रीको स्वविवेकीय अधिकार नहुने तर्क गरेका थिए।
प्रतिक्रिया