
बालिकालाई ललाइफकाई भारत लैजाँदै गरेका दुईजना पक्राउ


मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
असार ५ गते प्रहरीले भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका–५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका–४ सपही बस्ने १९ वर्षीया सिरिसा सिंह महथालाई पक्राउ गरेको हो ।
उनीहरूले १३ वर्षीया बालिकालाई बेचबिखन गर्ने उद्देश्यले विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाँट सिमाक्षेत्रबाट ललाइफकाई भारततर्फ लाँदै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुमाथि जिल्ला अदालत मोरङबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
- बजेट सुनिश्चित नभएसम्म निजगढमा रुख काट्न दिइन्न : वनमन्त्री यादव
- पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र पाकिस्तानकी राष्ट्रिय सभा सदस्य आलमबीच भेटवार्ता
- नक्कली सर्टिफिकेट पेस गरेर सबइन्जिनियरको जागिर खाने रामबाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती कर्मचारीको प्रत्येक ५ वर्षमा एक तह बढुवासहित तहगत व्यवस्थाको माग
प्रतिक्रिया