
जनकपुर आइपुग्यो ‘भारत गौरव पर्यटक रेल’


१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए ।
भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो पर्यटक रेल हो ।
यसआघि गत वर्षको अप्रिल २ मा नेपाल र भारतका प्रधानमन्त्रीले जयनगरलेदेखि नेपालको कुर्थासम्म जोड्ने रेल संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
बिहीबार जनकपुरधाम रेलवे स्टेशनमा नेपाल र भारतका प्रतिष्ठित व्यक्तित्वहरू भारतबाट भारत गौरव ट्रेनमा आएका पर्यटकहरूलाई स्वागत गर्न भेला भएका थिए ।
सो अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर मनोजकुमार शाह, नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झा, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तव र वीरगन्जस्थित भारतीय महावाणिज्य दूत नितेश कुमार पनि स्वागत कार्यक्रममा उपस्थित थिए ।
रेलमा आएका पर्यटकले जानकी मन्दिरको दर्शन गर्नेछन्, जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम हेर्नेछन् र गंगा आरतीमा सहभागी हुनेछन् ।
उनीहरु शुक्रबार जनकपुरधाम जानेछन् र भारत गौरव ट्रेनबाट रामायण सर्किट रुटमा अगाडी यात्राका लागि सडक मार्गबाट सीतामढी जानेछन् ।
- राजेन्द्र लिङ्देनको व्यंग्य- वैशाख १५-२० तिर फेरि विश्वासको मत लिनुपर्ने दिन नआओस्
- राष्ट्रिय सहमितबारे एमालेलाई माओवादीको जवाफ- पहिलो ठूलो दल कांग्रेसलाई धरहराबाट हेर्नुपर्ने कि सगरमाथाबाट?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न- अर्कोचोटि विश्वासको मत लिने कार्यसूची कहिले छ?
- प्रधानमन्त्रीले वैदेशिक सम्बन्ध बिगार्नुभयो, विश्वासको मत दिँदैनाैं : ओली
प्रतिक्रिया