चीनले कैद सजाय सुनाएका तिब्बती लेखकलाई रिहा गर्न अमेरिकी उपमन्त्रीको माग

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री एवं तिब्बती मुद्दाका लागि विदेश संयोजक उज्रा जियाले तिब्बती लेखक थुप्टेन लोडोलाई बिना शर्त रिहा गर्न माग गरेकी छन् ।

उपमन्त्री जियाले सामाजिक सञ्जालमा चीनले लेखक लोडोलाई चार वर्ष पाँच महिना कैद सजाय सुनाएर चीन आफ्नो अभिब्यक्ति स्वतन्त्रता बिरोधी अनुहार देखाएको बताएकी छन् । उनले लेखक लोडो जस्तै चीनका कारागारमा रहेका सबै तिब्बतीलाई रिहा गर्न समेत माग गरेकी छन् ।

लेखक लोडो अक्टोबर २०२१ मा पक्राउ परेका थिए । थुप्टेन लोडो नामक उनलाई पृथकतावादलाई उक्साउने र ूझगडा उठाउने र समस्याहरू उक्साउने अभियोगमा चार वर्ष पाँच महिनाको जेल सजाय सुनाइएको छ।

तिब्बत वाचका अनुसार थुप्टेन लोडोलाई सिचुआन प्रान्तीय प्रहरी अधिकारीहरूले गत वर्ष अक्टोबरमा पक्राउ गरी चेङ्दु सहर लगेका थिए। सात महिना पछि, १३जुन २०२२ को आसपास, उनलाई सामाजिक मिडिया वेबसाइट वेइबो र क्यूक्यूमा राजनीतिक प्रकृतिको पोस्ट लेखेको शंकामा जेल सजाय सुनाइएको हो । उनको परिवारलाई समेत चिनियाँ सुरक्षा अधिकारीहरुले निगरानीमा राखेका छन् ।

यस्तै उनका दुई छोराछोरीलाई घरमा बस्न आदेश दिइएको छ र स्कूलमा भर्ना हुनबाट रोकिएको छ।

उनलाई पक्राउ गरेपछि कहाँ राखिएको थियो, यस विषयमा अदालतले उनको परिवारलाई मुद्दाको बारेमा कुनै जानकारी गराएको छैन् ।

यद्यपि, पृथकतावादको आरोप धेरै तिब्बती लेखकहरू र विद्वानहरू विरुद्ध नियमित रूपमा प्रयोग गरिएको छ। लोडोका लघुकथा र निबन्धहरू तिब्बत भित्रका धेरै पाठकहरूले मन पराउँछन् र विभिन्न तिब्बती भाषा वेबसाइटहरू र साहित्य प्लेटफर्महरूमा पोस्ट गर्छन्।

थुप्टेन लोडोको अवस्था र स्वास्थ्य अज्ञात रहेको तिब्बत वाचले समाचारमा उल्लेख गरेको छ ।  उनलाई कुन जेलमा राखिएको भन्ने विषय समेत अज्ञात  छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *