काठमाडौंमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, मृत्तकका साथबाट बरामद भयो साढे दुई लाख नगद र लाखौंको चेक

काठमाडौं महानगरपालिका वडा नम्बर १५ अन्नपूर्ण चोकस्थित सडकखण्डमा शनिबार विहान १ बजेर ४५ मिनेटमा तिब्र गतिमा आएको ट्रिपरले मोटरसाइललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । मोटरसाइकल चालकको उपचारकाक्रममा अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्तकका साथबाट साढे दुई लाख रुपैयाँ नगद र चार लाख रुपैयाँको बैंकको चेक समेत बरामद भएको छ ।

प्रहरीका अनुसार ललितपुर टिकाभैरब बस्ने कटारीका २७ वर्षीय अनिल राउतले चलाएको बा २ क ७२९३ नम्बरको ट्रिपरले सिन्धुली घरभई कंलकी बस्ने ४३ वर्षका फडिन्द्रबहादुर कार्कीले चलाएको बागमती प्रदेश ०२-०१७ प ०९६८ को मोटरसाइललाई ठक्कर दिएको हो ।

गंभिर घाईते भएका कार्कीलाई उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा अस्पतालले उनलाई केही समयपछि नै मृत्त घोषणा गरेको हो ।

उनको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर