चितवनमा प्रहरी भ्यानलाई मापसे गरेका चालकले हाँकेको एम्बुलेन्सले ठक्कर दिँदा प्रहरी घाइते

चितवनमा थुनुवा बोकेको प्रहरी मोबाइल भ्यानलाई विपरित दिशाबाट आउँदै गरेको खाली एम्बुलेन्सले ठक्कर दिँदा प्रहरी अधिकारी घाइते भएका छन् । घटना नारायणी पुलको बीच भागमा शुक्रबार राती ११ बजेर ४० मिनेटमा भएको हो । एम्बुलेन्स चालकले मादक पदार्थ सेवान गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय गैडाकोटबाट थुनुवालाई मेडिकल जाँचका लागि भरतपुर लैजानेक्रममा विपरित दिशाबाट अत्याधिक तिब्र गतिमा आएको मिलन श्रेष्ठ समाज, चितवनको खाली एम्बुलेन्सले ठक्कर दिएको हो । इप्रका गैडाकोटको बा १ झ ७४५० नम्बरको प्रहरी गाडीलाई बा २१ च९८५९ नम्बरको मिलन श्रेष्ठ समाज, चितवनको खालि एम्वुलेन्सले प्रहरी भ्यानको चालक साईडमा ठक्कर दिएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक सकुशल रहेका छन् । यस्तै इप्रका गैडाकोटमा कार्यरत प्रहरी सहायक हवल्दार गणेश खनाल र आशिष महतो घाइते भएका छन् । उनीहरुको उपचारपछि इप्रका फिर्ता गरिएको छ । चालक र एम्बुलेन्स प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर