स्वतन्त्रताको ७५ वर्ष मनाउन नेपालमा ‘पाकिस्तान ल्याण्ड अफ एडभेन्चर र नेचर’ कार्यक्रम

काठमाडौंस्थित पाकिस्तानी दूतावासले जुूस्वतन्त्रताको ७५ औँ वर्ष समारोहको एक भागको रूपमा ‘पाकिस्तान ल्याण्ड अफ एडभेन्चर र नेचर ’ कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रमको उद्देश्य पाकिस्तानी संस्कृतिलाई उजागर गर्नु र विशेषगरी नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्नु रहेको दूतावासले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र परम्परागत सम्बन्धबारे प्रकाश पारेका थिए । उनले यस वर्षलाई पाकिस्तानको स्वतन्त्रताको ७५औँ वर्षका रूपमा मनाइँदै आएको बताए ।

कार्यक्रममा कूटनीतिक समुदाय, सेवारत तथा अवकाशप्राप्त सरकारी अधिकारी, बुद्धिजीवी, पत्रकार, लेखक, विश्लेषक लगायत समाजका विभिन्न तहका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर