अपमान गरेको भए पनि संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेरै जानुपर्छ : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यसअघिको स्थानीय निर्वाचनमा गठबन्धनका केही दलले आफ्नो पार्टीलाई अपमान गरेको भए पनि संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेरै जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै नेपालले पार्टीको पोलिटब्युरो बैठकमा नेताहरुले गठबन्धनले धोका दिएको, अपमान गरेको आरोप लगाए पनि आगामी निर्वाचनमा गठबन्धनसँग मिलेरै जानुपर्ने नेपालले बताएका हुन् ।

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका गठबन्धनमा आबद्ध दलका नेताहरुले संघ र प्रदशको चुनावमा पनि गठबन्धन गरेरै जान आफूलाई आग्रह गरेको उल्लेख गर्दै त्यसलाई कायमै राखेर अघि बढन आफ्नो पार्टी तयार रहेको बताएका हुन् ।

शनिबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले गठबन्धनसँग तालमेल गरेर र आफनै बलमा पनि संघ र प्रदेशको निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण हुने गरी सिंगो पार्टी पंक्तिलाई परिचालित हुन पनि आह्वान गरे ।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका कतिपय दलहरुले आफ्नो पार्टीलाई अपमानजनक व्यवहार गरेको भएपनि संघ र प्रदेशको निर्वाचनमा त्यस्तो नगर्ने प्रतिवद्धता जनाएको पनि बताए ।

उनले स्थानीय तहको निर्वाचनमा पार्टी भित्रकै कमजोरीका कारण अपेक्षित परिणाम आउन नसकेको कुरालाई स्विकार गरेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

पर्दाफास रिपोर्टर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *