गौरका पूर्व मेयर तथा लोसपा नेता गुप्ता एमाले प्रवेश गर्दै

रौतहटको गौरका पूर्व मेयर तथा लोसपाका नेता अजय गुप्ता एमालेमा प्रवेश गर्ने भएका छन् ।

आगामी साउन २३ गते आफूले एमाले पार्टी प्रवेश गर्न लागेको गुप्ताले बताए ।

उनले भने, ‘देशको सबैभन्दा ठूलो पार्टी नेकपा एमालेकै नेतृत्वमा सुशासन, समृद्धि र विकास सम्भव छ भन्ने लागेर नै म एमालेमा प्रवेश गर्न लागेको हुँ ।’

रौतहट १ बाट प्रतिनिधि सभाको निर्वाचन उठ्ने विषयमा चलिरहेको हल्ला भने निराधार भएको उनले बताए ।

उनले भने, ‘म विकास र समृद्धिको पक्षमा उभिनुपर्छ भनेर पार्टीमा लागेको हुँ । भोलिका दिनमा पार्टीले के जिम्मेवारी दिन्छ भन्ने अलग कुरा हो । तर, पार्टी प्रवेश नै नगरी निर्वाचनको टिकट पाएको भनेर भइरहेको हल्लामा कुनै सत्यता छैन ।’

पर्दाफास रिपोर्टर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *