काठमाडौं आइपुगे नवनियुक्त भारतीय राजदूत श्रीवास्तव

नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार काठमाडौं आइपुगेका छन् ।

अनुभवी कूटनीतिज्ञ श्रीवास्तव काठमाडौं आउनुअघि नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए ।

उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए ।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् ।

उनी २०१७ देखि २०१९ सम्म चीनको संघईमा न्यू डेभलपमेन्ट बैंकको महानिर्देशकका रुपमा खटिएका थिए ।

मेरील्याण्ड विश्व बिद्यालयबाट मास्टर इन टेक्नोलोजी गरेका श्रीवास्तवले आईआईटी दिल्लीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बीटेक गरेका छन् ।

साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर