कटुवा पेस्तोल र गोलीसहित काठमाडौंबाट दुईजना पक्राउ

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका–१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका–१ घर भएकी २१ वर्षीया अस्मिता विक रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले क्याफेमा खानतलासी गर्दा उनीहरूलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

पर्दाफास रिपोर्टर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *