जर्मन चान्सलर स्कोल्जलाई प्रधानमन्त्री देउवाको ‘विशेष धन्यबाद’

प्रधानमन्त्री शेरबहादुर देउवाले जर्मन चान्सलर ओलाफ स्कोल्जलाई ‘विशेष धन्यबाद’ दिएका छन् । उनले चान्सलर स्कोल्जलाई निरन्तर सहयोगको लागि प्रतिबद्धता पुन पुष्टि गरेकोमा धन्यवाद दिएका हुन् ।

प्रधानमन्त्री देउवाले कोभिड महामारीपछि आर्थिक विकास र वातावरणका क्षेत्रमा जर्मन सरकारको सहयोगका लागि चान्सलर स्कोल्ज र जर्मन सरकारप्रति आभार ब्यक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवाले जर्मन विकास नियोग (जीआइजेड) का कन्ट्री डाइरेक्टर डा एल्के फोरस्टर र नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जसहितको प्रतिनिधि मण्डलसँग आईतवार बिहान भेटवार्ता भएको हो ।

 

प्रधानमन्त्री देउवाले भनेका छन्, ‘लामो समयदेखिको विकास साझेदारका रूपमा जर्मनीले हाम्रो प्राथमिकताका क्षेत्रहरू– ऊर्जा, स्वास्थ्य र व्यापार रलगानीलगायतमा नेपाललाई सहयोग गर्दै आएको छ। म चान्सलर ओलाफ स्कोल्जलाई निरन्तर सहयोगको लागि प्रतिबद्धता पुन पुष्टि गरेकोमा धन्यवाद दिन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *