चन्द्रागिरीको जङ्गलमा हराएका अमेरिकी र भारतीय युवाको उद्दार

प्रहरीले काठमाडौंको चन्द्रागिरीको जङ्गलमा हराई रहेका एक अमेकिरी र दुई भारतीउ युवाको सकुशल उद्दार गरेको छ ।

प्रहरीलाई शनिवार साँझ उनीहरु हराएको सूचना ललितपुर प्रहरीले दिएपछि उनीहरुको खोजी सुरु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुको उद्दार गरेको हो ।

यसरी उद्दार गरिएकाहरुमा अमेरिका पोटोरिको घर हुने बर्ष ३४ का डगलस रो, भारत चन्डिगढ घर हुने बर्ष ३० का नवप्रीत ढिल्लन र भारत मुम्व२ घर हुने बर्ष २९ का माधव गुप्ता छन् ।

परिसरका अनुसार जानकारीप्राप्त हुनासँथै प्रहरी वृत्त थानकोटबाट तत्काल प्रहरी उद्दारकर्मीहरुको १० जनाको टोली आवश्यक टर्च, डोरी, स्ट्रेचर लगायतका सामाग्रीसहित परिचालन भएको थियो । प्रहरीले हराइरहेका ब्यक्तिहरुसँग सम्पर्क गरी उनीहरु रहेको स्थान पत्ता लागेपछि उद्दार सुरु भएको थियो ।

प्रहरीका अनुसार उद्दारस्थल थानकोटबाट करिब ७ किलो मिटर माथि जङ्गलको बीचमा थानकोट–चित्लाङ सडकखण्डमा रहेको थियो । हराई रहेका उनीहरु सडकबाट १०० मिटर तल भिरमा फसेको अवस्थामा फेला परेका थिए ।

उनीहरुलाई उद्दारमा प्रयोग गरिने डोरी लगायतको सहयोगमा उद्दार गरी प्रहरी बृत्त थानकोटमा ल्याई साथीहरुको जिम्मा लगाइएको परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीद्धारा प्रेशित बिज्ञप्तीमा उल्लेख छ । ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर