३० हजार घुससहित पक्राउ परेका नापी कार्यालयका अमिनविरुद्ध मुद्दा

३० हजार घुससहित पक्राउ परेका रुपन्देहीको भैरहवास्थित नापी कार्यालयका अमिन टेक बहाहदुर रायमाझीविरुद्ध मुद्दा दायर भएको छ ।

जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले गत जेठ १७ गते उनलाई पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा उनले ३० हजार घुस मागेको पुष्टि हुन आएको भन्दै अख्तियारले बिगो ३० हजार र कानुनअनुसारको सजाय माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

पर्दाफास रिपोर्टर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर