
गोली हानी हत्या प्रयासको आरोपमा दुईजना पक्राउ



सिरहाको लहान नगरपालिका–२२ का १८ वर्षीय दिलिप कुमार मुखियालाई गोली हानी हत्याको प्रयास गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले दिएको आरोपमा मुखियालाई गोली हानी गम्भीर घाइते बनाएको अभियोगमा सोही नगरपालिका–२२ बेली जटियाही बस्ने १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय किशोर पक्राउ परेका हुन् ।
उनीहरू तीन जना सँगै बसिरहेको अवस्थामा सुशान्तले दिलिपलाई गोली हानी घाइते भएको र प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि धरान घोपा रिफर भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले सुशान्त चौधरीको साथबाट १ थान पेस्तोल, ५ राउण्ड गोली, १ थान म्याग्जिन र १ थान फायर भएको खोका तथा उनकै घर नजिकैको बाँसघारीबाट १ थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र पेस्तोलमा लाग्ने ४ राउण्ड गोली बरामद गरेको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया