विदेशी भूमिमा चिनियाँ कम्पनीको सबैभन्दा ठूलो पुल उद्घाटन

चिनियाँ कम्पनीले बंगलादेशमा निर्माण गरेको पद्मा पुलको शनिबार उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिनाले पुलको उद्घाटनपछि राजधानी ढाका र देशको दक्षिणी भागका २१ जिल्लाबीच सडक र रेलमार्गबाट सिधा सञ्चार स्थापनाका लागि महत्त्वपूर्ण हुने बताएकी छिन् ।

उक्त पुलको निर्माणसँगै बङ्गलादेशको जीडीपी वृद्धिमा १.२३ प्रतिशत योगदान पुग्ने र प्रतिवर्ष ०.८४ प्रतिशत बिन्दुले गरिबी दर घटाउने अपेक्षा गरिएको उनले बताइन् ।

पुललाई केन्द्रमा राखेर नयाँ आर्थिक क्षेत्र र हाईटेक पार्क निर्माण गरिनेछ । फलस्वरूप स्वदेशी तथा विदेशी लगानी आकर्षित हुने र मुलुकको औद्योगिकीकरणको गतिले गति लिने प्रधानमन्त्रीको दाबी छ ।

‘पद्मा पुल एसियाली राजमार्ग नेटवर्कको एक प्रमुख हिस्सा हो, जसले क्षेत्रीय व्यापारमा ठूलो योगदान पुर्यादइरहेको छ’, उनले भनिन् । उक्त पुल ढाकाबाट करिब ४० किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ जसको कुल लम्बाइ ९.८ किलोमिटर छ र त्यसमध्ये मुख्य पुल ६.१५ किलोमिटर लामो छ।

यो परियोजना चाइना रेलवे मेजर ब्रिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड अन्तर्गत एक चिनियाँ कम्पनीले विदेशी भूमिमा बनाएको सबैभन्दा ठूलो पुल हो ।

पर्दाफास रिपोर्टर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर