चुनावको मिति घोषणाअघि नै सीटको बाँडफाँट गर्न तीन दलको दबाब

सत्तारुढ गठबन्धनका प्रमुख ३ घटक नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले आमनिर्वाचनको मिति घोषणाअघि नै सीट बाँडफाँटलागि नेपाली कांग्रेसमाथि दबाब बढाउने तयारी गरेका छन् ।

तीनै दल प्रतिनिधिसभा तथा प्रदेशसभाको सीट बाँडफाँटपछि मात्रै चुनावको मिति घोषणा गर्नुपर्ने पक्षमा देखिएका छन्।

अंग्रेजी पत्रिका काठमाडौं पोस्टका अनुसार तीनै दलका अध्यक्षहरु पुष्पकमल दाहाल, उपेन्द्र यादव र माधवकुमार नेपाल पछिल्लो एक सातादेखि ललितपुरस्थित एक घरमा यस विषयमा छलफलमा जुटेका छन् । पहिले तीन दलबीच सहमति गर्ने र त्यसपछि कांग्रेसलाई बाँडफाँटका लागि दबाब दिने ती दलहरुको तयारी रहेको स्रोतले जनाएको छ ।

कांग्रेस निकट स्रोतहरुले चुनावको मिति घोषणाअघि नै दाहाल,यादव र नेपालले बाँडफाँटका लागि जोड रहेको जनाएको छ ।

मंसिरमा निर्वाचन गर्दा साउनभित्रमा सरकारले चुनावको मिति घोषणा गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले चुनावको तयारीका लागि कम्तीमा १ सय २० दिन लाग्ने बताउँदै आएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ गतेसम्म रहने भन्दै त्यसअघि नै नयाँ जनप्रतिनिधिहरु निर्वाचित हुने व्यवस्था गर्न सरकारलाई सुझाव दिने जनाएको छ । सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति तोक्ने संवैधानिक व्यवस्था रहेको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको तोकेको समयावधी पुरा हुनका लागि १ सय ६४ दिन बाँकी रहेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १ सय ६५ र सात वटै प्रदेशसभाको ३ सय ३० जना सांसद निर्वाचित हुने छन् ।

आयोगले कातिक ३० गते चुनाव गर्नका लागि सरकारलाई बुझाव दिने तयारी गरेको स्रोतहरुले जनाएको छ । कातिक ३० मा निर्वाचन गर्न हो भने सरकारले ढिलोमा साउनको पहिलो सातासम्म चुनावको मिति तोकिसक्नु पर्ने हुन्छ ।

सत्तारुढ गठबन्धनले स्थानीय चुनाव संघीय र प्रदेश चुनावमा जाने बताइसकेको छ । गठबन्धन गरेर प्रतिस्पर्धा जाने तयारीमा रहेको कांग्रेस कम्तीमा १ सय वटा निर्वाचन क्षेत्र आफूसँग राख्ने पक्षमा देखिएको छ ।

३ वटा दललाई ६४ र गठबन्धनभित्रको राष्ट्रिय जनमोर्चालाई एउटा निर्वाचन क्षेत्रमा दिने कांग्रेसको योजना रहेको छ ।

यसअघिको आमनिर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । त्यस समयमा दुवै दलले ६० र ४० को अनुपातमा सीटको बाँडफाँट गरेका थिए । जसमा एमालेले प्रत्यक्षतर्फ ८० र मा‌ओवादी केन्द्रले ३६ स्थानमा जीत हासिल गरेको थियो । नेकपा एमालेबाट विभाजित भएर बनेका एकीकृत समाजवादीसँग २४ जना सांसद रहेका छन् ।

स्थानीय चुनावको परिणामपछि माओवादी केन्द्रको सीटमा दावी बढ्ने संभावना रहेको छ । स्थानीय तह चुनावमा माओवादीले सुधारिएको प्रदर्शन गरेको छ । १ सय २६ स्थानीय तह सो दलले जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर