आईजीपी बढुवाविरुद्धको रिटमा विपक्षीको बहस जारी

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सरकारले गरेको बढुवाविरुद्ध एआईजी विश्वराज पोखरेलले दर्ता गरेको रिट निवेदनमाथि आज विपक्षीले बहस गर्ने छन् ।

सर्वोच्चका न्यायाधीशद्धय दीपककुमार कार्की र डा कुमार चुडालको इजलासमा सुनवाइ भइरहेको हो ।

जेठ ३० गतेबाट अन्तिम सुनुवाइ थालिएको रिट निवेदनमा ५ असारमा भएको सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको थियो ।

यसअघि अधिवक्ताहरु पूर्णमान शाक्य, राधेश्याम अधिकारी, हरि उप्रेती, रमेश बडालसहितका कानून व्यवसायीले पक्षमा बहस गरेका थिए।

बहसका क्रममा अधिवक्ताहरुले आईजीपी नियुक्तिमा प्रधानमन्त्रीको स्वविवेकीय अधिकार नहुने तर्क गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर