दशगजामा तारबार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा चीनविरुद्ध प्रदर्शन

चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा तारबार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानले सोमबार राजधानीमा प्रदर्शन गरेको छ। दशगजाभित्रै चीनले तारवार लगाएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्‍याली चीन विरोधी नारा लगाउँदै नयाँ बानेश्वर पुगेको थियो। विरोध र्‍यालीमा ‘गो ब्याक चाइना, चिनियाँ विस्तारवाद बन्द गर, मिचिएको भूमि फिर्ता गर, चिनियाँ हस्तक्षेप बन्द गर, अघोषित नकाबन्दी खुल्ला गर’ लगायतका नारा लगाइएको थियो।

बानेश्वरमा आयोजित कोणसभालाई अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले सम्बोधन गरे। उनले चीनले दशगजामै तारबार र भौतिक संरचना बनाउँदा समेत नेपाली प्रशासन मुकदर्शक भएर बसेको भन्दै आक्रोश व्यक्त गरे। तर, गोरखाका सीडीओ शंकरहरि आचार्यले भने त्यस विषयमा आफुलाई जानरी नभएको बताए ।

सीमासम्बन्धी अन्तर्राष्ट्रिय मान्यताअनुसार दशगजा क्षेत्रमा कुनै पनि संरचान बनाउन वा तारबार लगाउन पाइँदैन। त्यसका लागि दुईपक्षीय सहमति आवश्यक पर्छ। तर, रुइला नाकामा चीनले दशगजा क्षेत्रभित्र तारबार लगाएको स्थानीयको दाबी छ।

दशगजामा तारबार लगाएपछि नेपाल–चीन आवतजावत बन्द छ। अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या परेको स्थानीयको गुनासो छ। त्यहाँ चीनले सीसी क्यामेरा राखेर निगरानी समेत गर्ने गरेको छ।

यसअघि चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित ङुइला नाकामा पनि चीनले तारबार लगाएको थियो। तर, पछि त्यसलाई हटाइयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर