वामदेव गौतमले नेकपा (एकता राष्ट्रिय अभियान) नामको दल घोषणा गर्दै

नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गर्ने भएका छन् । मंगलबार अपरान्ह एक कार्यक्रम आयोजना गरेर नेकपा (एकता राष्ट्रिय अभियान)नामको पार्टीको घोषणा गर्न लागेका हुन् ।
राष्ट्रिय एकता अभियानको शनिबार भएको राष्ट्रिय भेलाले पार्टी निर्माण गर्ने निर्णय गरेको प्रचार संयोजक निमकान्त पाण्डेले बता । ‘नेकपा (एकता राष्ट्रिय अभियान)केन्द्रिय कमिटीको पहिलो बैठक आइतबार बस्यो । त्यसको केही महत्वपूर्ण निर्णय गरेको छ । त्यसलाई आज सार्वजनिक गर्न छौं’ प्रचार संयोजक पाण्डेले भने ।

एमालले छाडेका गौतम पछिल्लो समयमा वामपन्थी एकताका लागि अभियान चलाउने बताउँदै आएका थिए । गत स्थानीय तह चुनावको समयमा गौतमले एमालेबाट विभाजित बनेको नेकपा एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका थिए ।

पाण्डेले ६९ सदस्यीय केन्द्रिय कमिटीमा गौतम अध्यक्ष र डिबी कार्की सचिव रहेको बताए । पाण्डेले भने,’अहिलेसम्म ५ वटा पार्टी समाहित भैसकेका छन् ।’
पाण्डेले निर्वाचन आयोगमा दर्ता भएका आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), समाजवादी केन्द्र नेपाल र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर