मनसुन प्रतिकार्यका लागि सशस्त्रको तयारी

नेपालमा मौसम सुरु भएसँगै बाढी, पहिरोजस्ता प्रकोप पनि सुरु भइसकेको छ । सोही प्रकोपलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले पनि तयारी सुरु गरेको छ ।

अहिलेसम्म सशस्त्रले २०३४ जना सशस्त्र प्रहरी कर्मचारीलाई विशिष्टिकृत विपद् व्यवस्थापन तालिम प्रदान गरेको छ । त्यस्तै विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरन्तररुपमा विपद् व्यवस्थापन तालिम सञ्चालन भइरहेको छ ।

सशस्त्रले विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई काठमाडौं उपत्यका भित्र २ स्थानसहित ७ वटै प्रदेशमा विपद् उद्धार टिम र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार गरी जम्मा १० स्थानमा दक्ष तालिम प्राप्त जनशक्ति परिचालन गरी तयारी अवस्थामा राखेको छ ।

सशस्त्रका सम्पूर्ण कार्यालयमा जल उत्पन्न प्रकोपमा प्रतिकार्यका लागि खोज तथा उद्धारका आधारभूत उपकरणसहित २४ सै घण्टा उद्धार टोली तैनाथी रहने व्यवस्था गरिएको छ ।

सशस्त्रले अहिलेसम्म गरेका प्रतिकार्यहरु यहाँ उल्लेख छ –
१. विपद् व्यवस्थापन सम्बन्धी विशिष्टिकृत तालिम प्राप्त नगरेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत मनसुनलाई मध्यनजर गरि बाढी, पहिरो, डुवान तथा अन्य जल उत्पन्न प्रकोप सम्बन्धी आवश्यक ज्ञान र प्रतिकार्यका लागि समय समयमा खोज तथा उद्धार लगायत समसामयिक विषय बस्तुहरुमा अनुशिक्षण तालिम संचालन गरिरहेको।

२. मनसुनको समयमा हुन सक्ने सम्भावित विपदमा प्रभावकारी कार्य सम्पादनको लागी राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र/प्रदेश विपद् व्यवस्थापन समिति/जिल्ला विपद् व्यवस्थापन समिति/स्थानिय विपद् व्यवस्थापन समिति एवं अन्य सरोकारवाला निकायहरु बिच समन्वय गर्ने गरिएको ।

३. २०७० साल देखि शुरु गरिएको समुदायमा आधारित विपद् व्यवस्थापन जनचेतना अभियान अन्तर्गत स्थानिय स्तरमा रहेका विद्यालय, क्लब, महिला समुह, आदिमा विपद जोखिम न्यूनिकरण तथा पूर्व तयारीसम्वन्धी अनुशिक्षण तालिम संचालन गर्दै आईरहेको।

४. काठमाडौं¸ कैलाली¸ पोखरामा रहेका ए.पि.एफ. फ्यूल स्टेशनहरुलाई मनसुनको समयमा हुन सक्ने फ्यूल अभाव व्यवस्थापन गर्न पूर्ण क्षमतामा राख्ने गरिएको।

५. राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र¸ प्रादेशिक आपतकालिन कार्य संचालन केन्द्रहरु तथा जिल्ला आपतकालिन कार्य संचालन केन्द्रहरुमा आवश्‍यकता अनुसार तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन गरिएको।

६. विपद् उद्धार टोली लगायत सम्पूर्ण सशस्त्र प्रहरी बल, नेपालका ईकाइहरुले मनसुन शुरु हुनु पूर्व आफ्नो जिम्मेवारी इलाकामा स्थानीय प्रशासनलगायत विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरि कार्य गरिरहेको । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक लगायत मनसुन पूर्व तयारी बैठकहरु संचालन गरि विभिन्न जिम्मेवार/सरोकारवाला निकायहरु बीच समन्वय गरि सम्पर्क हरुको सम्पर्क नम्बर लगायतका अन्य आवश्यक विवरणहरु अद्यावधिक गरिएको ।

७. सशस्त्र प्रहरी बल¸ नेपालका विभिन्‍न यूनिटहरुमा रहेका हेभि ईक्यूपमेन्टहरु तयारी हालतमा राखिएको।

८. युएसएड को सहयोगमा काठमाण्डौ उपत्यका तथा बाहिर सशस्त्र प्रहरी बल, नेपालका युनिटहरुमा निर्माण भएका डीप ट्युवेल हरु विपद्को समयामा प्रयोग गर्नको लागि उपत्यकामा ७ स्थान र उपत्यका बाहिर ४ स्थानमा निर्माण प्रक्रिया पुरा चालु अवस्थामा रहेको र जिल्ला पाल्पा र पश्चिम नवलपरासी बर्दघाटमा निर्माणधिन अवस्थामा रहेको।

९. गोताखोर तालिम प्राप्त ५६ जना सशस्त्र प्रहरी बल, नेपालका कर्मचारीहरुलाई विभिन्न क्षेत्रमा हुन सक्ने जल उत्पन्न प्रकोपको समयमा उद्धार कार्यमा परिचालन गर्न सहज होस भन्ने उद्धेश्यका साथ प्रदेश नं. १ को सुनसरी, बागमती प्रदेशको कुरिनटार, काठमाण्डौं उपत्यका, गण्डकी प्रदेश को पोखरा, लुम्बिनी प्रदेशको शमशेरगंज र सुदुर पश्चिम प्रदेशको कैलालीमा गरी जम्मा ६ स्थानमा गोताखोरको आवश्यक उद्धार सामाग्रीहरु सहित तयारी हालतमा राखिएको।

१०. विपद् पूर्व तयारी अन्तर्गत जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाको विवरण जसमा River Watch र Rainfall Watch सशस्त्र प्रहरी बल, नेपालको आधिकारीक Web Site www.apf.gov.np मा लिङ्क गरी राखिएको साथै https://hydrology.gov.np बाट मौसम सम्बन्धी अन्य विवरण नियमित रुपमा अध्ययन गर्ने गरिएको ।

११. सशस्त्र प्रहरी बल, नेपालका देशभर रहेका कार्यालयहरुबाट स्थानिय स्तरमा अन्य सुरक्षा निकायहरु लगायत सरोकारवाला निकायहरु सम्मिलित जल उत्पन्न प्रकोपमा प्रति कार्य सम्बन्धी कृत्रिम घट्ना अभ्यासको नियमित संचालन गर्ने गरिएको । जस अनुरुप विभिन्‍न जिल्लामा कृत्रिम घट्ना अभ्यास सम्पन्न गरिसकिएको साथै अन्य थप जिल्लाहरुमा समेत गरिने योजना रहेको ।

१२. जिल्लागत रुपमा जोखिमयुक्त ईलाका/ स्थान/बस्ती लगायत अन्य महत्वपूर्ण संरचनाहरु जस्तै पुल, राजमार्ग, लोकमार्ग ईत्यादीको पहिचान गरी गरि राख्‍ने व्यवस्था गरिएको साथै विपद्को कारणबाट जोखिमयुक्त स्थान समुदाय बस्तीहरु स्थानान्तरण गर्नु परेमा स्थानान्तरण गर्ने ठाउँको पहिचान गरी योजना तर्जुमा गर्ने गरिएको ।

१३. हिमाली जिल्लाहरुमा स्थापना भएको ११ जिल्लाको १३ स्थानहरुमा भएको कार्यालयहरुमा पर्वतीय उपकरण पोर्टेबल उचाई च्याम्बर वितरण गरि तयारी हालतमा राखिएको ।

१४. पानी जन्य विपद्हरुमा उद्धार कार्य गर्नको लागि सशस्त्र प्रहरी बल, नेपालको ३४ वटा कार्यालयहरुको २६ जिल्लाहरुमा ५५ वटा रेस्क्यू र १० जिल्लामा १६ वटा मेटर बेट तयारी अवस्थामा राखिएको ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर