शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गर्ने व्यक्ति पक्राउ

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास बोर्डको संचालक पदमा नियुक्तिको लागि किर्ते प्रमाणपत्र पेश गरेको आरोपमा ललितपुरको थसीखेलबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर म.न.पा.वडा नं.१३ कुसुन्तीका ५३ वर्षीय माधव प्रसाद तिमल्सिना रहेका छन् ।

उनले पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेको माधव प्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र त्रिविदर्ता नं. १४९१५-८९
को ट्रान्सकृप्ट किर्ते गरी गत चैत ६ गते निवेदन साथ राष्ट्रिय सहकारी विकास बोर्डमा पेश गरेका थिए ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार पक्राउ गरी अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर