लुम्बिनी प्रदेशकी विवादित स्वास्थ्य राज्यमन्त्री वलीको राजीनामा

पटक–पटक विभिन्न घटनामा मुछिएर विवादमा आएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीले पदबाट राजीनामा दिएकी छन्।

उनको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेका छन्।

वलीले आफूमाथि भइरहेको छानबिनलाई सहज बनाउन भन्दै बुझाएको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभालाई जानकारी गराएका हुन्।

प्रतिपक्षी दलले वलीमाथि भइरहेको छानबिनबारे सदनमा प्रश्न उठाएपछि जवाफ दिँदै मुख्यमन्त्री केसीले यही असार १२ गते वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएका हुन्।

वलीले आफूमाथि भइरहेको छानबिनलाई सहज बनाउन भन्दै मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी थिइन् ।

उनी गएको जेठ अन्तिम साता दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि छानबिनमा तानिएकी थिइन् । उनी बिरुद्ध अनुसन्धान गर्न सरकारले समिति गठन गरेको छ ।

समितिले वली र बस्नेतसँग बयान लिइसकेको छ । वलीका पति पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्।

फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी वलीले माओवादी केन्द्र रोजेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर