मधेश प्रदेशमा अपराध नियन्त्रणका लागि रणनीति बनाउन प्रदेश डीआईजीलाई आयोगका अध्यक्षको निर्देशन

मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले मधेश प्रदेशमा बढ्दो हिंसा तथा अवैध गतिविधी रोक्न प्रदेश प्रहरी प्रमुख डीआईजी मसाउद आलम खाँलाई निर्देशन दिएका छन् ।

अध्यक्ष दत्तले मधेश प्रदेशको अनुगमनकाक्रममा प्रदेश प्रहरी प्रमुख आलमलाई आयोगमा सबै भन्दा धेरै उजुरी मधेश प्रदेशबाट आउने गरेकोले आयोग गम्भीर रहेको बताएका थिए ।

उनले डीआईजी आलमलाई चाडोभन्दा चाडो उचित रणनीति बनाई समस्याको प्रभावकारी ढंगले समाधान गर्न तथा नियन्त्रणका लागि निर्देशन दिएका थिए ।

आयोगले मधेश प्रदेशमा नेपाल–भारत सीमामा बढ्दो लागूऔषधको कारोवार, महिला माथि हुने विभिन्न प्रकारका घरेलु हिँसा, जनताले न्याय पाउन् समेत सास्ती भोग्नुपर्ने जस्ता उजुरीहरु आयोगमा आउने गरेको जनाएको छ ।

आयोगले आफ्नो तरिकाले कारवाहीको प्रक्रिया अगाडी बढाएपनि सम्बन्धित प्रदेशको प्रहरीले जनताको पीडा बुझी आवश्यक तरिकाले सो समस्याहरु समाधान गर्न तर्फ लाग्नुपर्ने अध्यक्ष डा दत्तले बताए ।

अध्यक्ष डा दत्तले आयोगले गर्नुपर्ने सहकार्य तथा समन्वयमा कहीँ कतै कमी नाआउन दिने समेत प्रतिबद्धता व्यक्त गरेका थिए ।

मधेश प्रदेश प्रहरी प्रमुख आलमले अध्यक्ष डा दत्तलाई प्रदेशको समग्र वस्तुस्थितिको बारे जानकारी गराएका थिए ।

अध्यक्ष डा दत्तले मधेश प्रदेशको विभिन्न ग्रामिण भेग पुगेर त्यहाँका समस्याहरु स्थलगत रुपमा बुझने कार्यक्रम रहेको अध्यक्ष दत्तको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *