राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा पदक जित्ने नेपाल प्रहरीका खेलाडीलाई सम्मान

नेपाल एथ्लेटिक्स संघको आयोजनामा सञ्चालन भएको “राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता” मा पदक जित्ने नेपाल प्रहरीका खेलाडीलाई सम्मान गरिएको छ ।

बुधबार प्रहरी राष्ट्रिय प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी मुकुन्दराज आचार्य तथा यस प्रतिष्‍ठानका वरिष्ठ प्रहरी अधिकृतहरुले एक कार्यक्रममा बीच उनीहरुलाई बधाई दिएका थिए ।

मिति २०७९ असार १० गते देखि १२ गतेसम्म दशरथ रंगशालामा “राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता” भएको थियो ।

उक्त प्रतियोगितामा नेपाल प्रहरीका खेलाडीहरुले २ स्वर्ण, ३ रजत र ५ कास्य गरी जम्मा १० वटा पदक हासिल गर्न सफल भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर