घुमुवा प्रहरी हुँ भन्दै धम्क्याउने युवक पक्राउ

नेपाल प्रहरीको घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्क्याएको आरोपमा रौतहटबाट एक युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारी टोल बस्ने ३२ वर्षीय सुमन बस्नेत छन् ।

चन्द्रपुर नगरपालिका–४ स्थित राजमार्गका यात्रुलाई, सोही ठाउँस्थित चोकमा मानिसलाई र स्थानीय होटलमा एक व्यक्तिले अनावश्यक हैरानी दिइरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि अभद्र व्यवहार शीर्षक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *