
काठमाडौँमा १४ जनामा हैजा देखियो


काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ ।
गृह मन्त्रालयमा बुधबार आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरू उपचारपश्चात् घर फर्किएको जानकारी दिए ।
हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूको अवस्था सामान्य छ । हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएको उनले जानकारी दिए ।
- बजेट सुनिश्चित नभएसम्म निजगढमा रुख काट्न दिइन्न : वनमन्त्री यादव
- पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र पाकिस्तानकी राष्ट्रिय सभा सदस्य आलमबीच भेटवार्ता
- नक्कली सर्टिफिकेट पेस गरेर सबइन्जिनियरको जागिर खाने रामबाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती कर्मचारीको प्रत्येक ५ वर्षमा एक तह बढुवासहित तहगत व्यवस्थाको माग
प्रतिक्रिया