प्रधानसेनापतिले गरे अमेरिकाको रक्षा विश्वविद्यालय र युद्ध विद्यालयको भ्रमण

अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम श्रेष्ठले बुधबार अमेरिकाको राष्ट्रिय रक्षा विश्वविद्यालय (एनडीयू) र राष्ट्रिय युद्ध विद्यालय (एनडब्ल्यूसी) को भ्रमण गरेका छन् ।

भ्रमणको क्रममा शर्माले युद्ध विद्यालयका कमाण्डाण्ट ब्रिगाडियर जनरल जेफ हर्लबर्टसँग भेटवार्ता गरेका थिए ।

वासिङ्टनमा उनले एनडब्ल्यूसी, नियर इस्ट साउथ एसिया सेन्टर फर स्ट्राटेजिक स्टडीज लगायतका विभिन्न निकायका पदाधिकारीसँग समेत भेटवार्ता गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस्तै शर्माले उनले भेटघाटमा त्यहाँको शैक्षिक गतिविधि, तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर