भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहदाको प्रमाणपत्र

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

उनले बिहीबार राष्ट्रपति भवन शितल निवासमा ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

उनले राष्ट्रपति निवास शितल निवासमा आयोजित एक समारोहमा ओहदाको प्रमाण पत्र पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ओहदाको प्रमाणपत्र बुझ्दा श्रीवास्तवको साथमा भारतीय राजदूतावासका उच्च अधिकारी पनि उपस्थित थिए ।

राजदूत श्रीवास्तव जिम्मेवारी सम्हाल्न गत शनिवार नेपाल आएका थिए ।

भारतीय राजदूत विनयमोहन क्वात्रा परराष्ट्रसचिवमा नियुक्त भएपछि विदेशमन्त्रालयले श्रीवास्तवलाई नयाँ राजदूतको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *