सशस्त्र महानिरीक्षक अर्यालबाट बढुवा भएका एसपीलाई दर्ज्यानी चिन्ह प्रदान 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै एसपीमा बढुवा भएका प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित एक कार्यक्रममा अर्यालले उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका ३७ जना र गृह मन्त्रालय (सचिवस्तरको) निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह, संचार तथा इन्जिनियरिङ्गतर्फका २ जना गरी कूल ३९ जना डीएसपीहरु एसपीमा बढुवा भएका हुन् ।

समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले बढुवा भएका एसपीहरुलाई बधाई तथा कार्य सफलताको शुभकामना दिँदै दर्जा अनुरुपको प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक भई सकारात्मक सोचका साथ ईमान्दारिताका साथ निर्वाहमा लाग्न निर्देशन दिए ।

उनले संगठन सशस्त्र प्रहरी कर्मचारीहरुको सरुवा बढुवा तथा वृत्तिविकास समय सापेक्ष र वैज्ञानिक ढंगले न्यायोचित हुने गरी पद्धति विकास गर्दै कार्यान्वयनमा लागेको उल्लेख गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्दै आफू मातहतका कर्मचारीलाई प्रशिक्षित गर्दै विपद् उद्धार लगायत राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा अझ बढी ईमान्दार, वफादार र कटिबद्ध रहँदै परिचालित भई उत्कृष्ट कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरे ।

समारोहमा सशस्त्र एआईजीद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतका साथै सशस्त्र प्रहरी कर्मचारीको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर