सरकारी कागजात किर्ते आरोपित प्रदेश १ की एमाले सांसदले दिइन् राजीनामा

सरकारी कागजात किर्ते गरेको आरोप लागेकी प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले राजीनामा दिएकी छन् । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले बिहीबार उनको राजीनामा स्वीकृत गरेका हुन् ।

सरकारी कागजात किर्ते अभियोगमा उच्च अदालत विराटनगरले उनलाई दोषी ठहर गरेको थियो । त्यसपछि खातुनले सर्वोच्चमा मुद्दा दोहो¥याउन माग गरेकी थिइन् । उक्त आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको एक सातापछि उनले राजीनामा दिएकी हुन् ।

तत्कालीन कदमाह गाउँ विकास समितिमा रहेको ३ बिगाहा १० कट्ठा जग्गाको मोही पाउन खातुनले २०७१ चैतमा गाविस सचिवको सिफारिस आफैंले गरेको र एकै दर्ता नम्बरका दुई वटा सिफारिस गरेको भन्दै किर्ते मुद्दा परेको थियो ।

मोरङ जिल्ला अदालतले उनलाई ३१ वैशाख २०७६ मा दोषी ठहर गर्दै एक वर्ष कैद सजायको आदेश दिएको थियो । विराटनगर उच्च अदालतले पनि उनलाई दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *