यी चारजनालाई मन्त्री बनाएर सरकार र पार्टीमा एकतन्त्र राज गर्ने योजनामा थिए उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा रहेको छ । पार्टीभित्र उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईबीचको अन्तरसघर्ष यतिबेला छताछुल्ल भएको छ ।

तराई मधेश, पहाड र हिमालको समावेशी प्रतिनिधित्वसहित समग्र राष्ट्रिय पार्टी बनाउने योजनामा स्थापना भएको दल सत्ता सघर्ष र पार्टीभित्रको गुटगत नेतृत्वका कारण समझदारीमा फुटने सार्वजनिक भएको हो ।

पछिल्लो समय संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षबीच जसपाभित्र विवाद उत्कर्षमा रहेको छ ।

यही विवादका कारण सोमवार राति आफू निकट कार्यकारिणी समितिको बैठक बोलाएर मन्त्री हेरफेर गर्ने सम्पूर्ण अधिकार आफूलाई दिने निर्णय गराए पछि उपेन्द्र यादवले सोमवार बिहान माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासंग छुट्टाछुट्टै भेट गरेका थिए।

अध्यक्ष यादव सरकारमा रहेका आफ्ना पार्टीका सबै मन्त्रिहरु फिर्ता बोलाउँदै नयाँ मन्त्रीहरूको नामको सूची लिएर बालुवाटार पुगेका थिए। उनले बालुवाटार लगेको नाममा चर्चा बाहिर रहेकाहरुको पनि पनि नामहरू समावेश गरिएको छ।

स्रोतका अनुसार अध्यक्ष यादवले राजेन्द्र श्रेष्ठलाई हटाएर सामान्य प्रशासन मन्त्रीमा सुशीला श्रेठको नाम सिफारिस गरेका थिए । श्रेष्ठ पार्टीका वरिष्ठ नेता अशोक राईकी श्रीमती हुन। उनको नाम पार्टीको समानुपातिक सूचीमा पनि राखिएको थियो। विभाजनको संघारमा पुगेको पार्टीमा आफ्नो पक्षमा बहुमत देखाउन अशोक राईको साथ र समर्थन आवश्यक रहेकोले गैर सांसद भए पनि उनको नामको सिफारिस गरिएको हो।

यस्तै दोस्रो नाम डा सूर्य नारायण यादवको रहेको छ। सप्तरीबाट निर्वाचित डा यादवलाई रामसहाय यादवको स्थानमा वन तथा वातावरण मन्त्रीमा सिफारिस गरिएको छ। आफ्नो निर्वाचन क्षेत्र सप्तरीमा स्थानीय निर्वाचनमा हार बेहोरेका अध्यक्ष यादवले प्रतिनिधि सभाको चुनावमा आफ्नो जीत सुनिश्चित पार्न उनको नाम सिफारिस गरेका थिए ।

बालुवाटारमा बुझाइएको सूची अनुसार तेस्रो नाम प्रमोद साहको रहेको छ। कृषि तथा पशुपालन मन्त्री रहेका महिन्द्र राय यादवलाई हटाएर प्रमोद साहको नाम समावेश गरिएको छ। ओली सरकारमा भएको चर्चित सांसद अपहरणकाण्डमा उनको नै अपहरण भएको थियो।

चौथो नाम मोहम्मद इस्तियाक राईको रहेको छ। रेणु यादवले सम्हालेको भौतिक निर्माण तथा यातायात मन्त्रालयमा इस्तियाक राईलाई सिफारिस गरिएको छ। पश्चिम तराईको प्रतिनिधि र मुस्लिम समुदायलाई खुशी पार्न उनको नाम सिफारिस गरिएको हो। इस्तियाक राई शुरू देखि बाबुरामको पक्षमा रहे पछि पार्टी विभाजनको योजना मत्थर पार्न उनको नाम राखिएको स्रोतले बतायो ।

पार्टीबाट सर्वाधिक चर्चामा रहेका केही नाम हरू जस्तै प्रदीप यादव, मृगेन्द्र यादव, रामबाबु यादवहरू कसैको पनि नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको पत्रमा छैन् । यद्यपी प्रधानमन्त्री देउवाले अध्यक्ष यादवको एकलौटी निर्णय नमान्ने भन्दै अध्यक्ष यादवले गरेका सिफारिस कार्यन्वयन नगर्ने संकेत दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर