रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको हो ।

यसअघि आयोगमा दर्ता भएका कुनै पनि दलको नामसँग लामिछानेको पार्टीको नाम नमिलेकाले आयोगले उक्त नाम स्वीकारेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पर्दाफासलाई जानकारी दिए । पार्टीको नाममा स्वतन्त्र नहुने भन्दै केही व्यक्तिले रेर पार्टी दर्ता नगर्न माग गरी आयोगमा उजुरी दिएका थिए ।

पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा लामिछानेले पार्टीको चुनाव चिह्न गोलाकारभित्रको घन्टी भएको बताए । यसअघि चुनाव चिन्ह घन्टी भएको पार्टी आयोगमा दर्ता भए पनि अहिले उक्त पार्टी अर्कै पार्टीसँग मर्ज भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *