
भारतीय राजदूत श्रीवास्तव र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता


भारतीय राजदूत नवीन श्रीवास्तव रपरराष्ट्रमन्त्री नारायण खड्काबीच शुुक्रबार भेटवार्ता भएको छ।
राजदूत श्रीवास्तवले सो क्रममा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलसँग पनि भेटवार्ता गरेका थिए।
भेटको क्रममा उनीहरुबीच विविध द्विपक्षीय मुद्दाको विषयमा छलफल भएको थियो।
साथै द्विपक्षीय सम्बन्ध सुधारको विषयमा पनि छलफल भएको थियो।
प्रतिक्रिया