जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा, पार्टीको विवादबारे छलफल हुने

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ मा पर्साको वीरगञ्जमा हुने भएको छ ।

जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र संघीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ ।

जसपामा अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईपक्षबीच विवाद देखिएको छ । यही विवादका कारण अध्यक्ष यादवले सरकारमा सहभागी आफ्ना मन्त्रीहरु परिवर्तन गर्न खोजे पनि सकेका छैनन् ।

दुई नेताबीचको विवादका कारण पार्टी लगभग विभाजन हुनेतर्फ पुगेको छ । अध्यक्ष यादवले पनि पार्टीबाट बाहिरिन खोज्नेलाई समझदारीमै बिदाइ गर्ने जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *