
विमानस्थल निर्माणस्थलको अवलोकन गर्न प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेता निजगढमा

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्न नेताहरु बारा पुगेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार टोलीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता छन् । सरकारी टोलीले विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिने जनाइएको छ ।
हालै मात्र सर्वोच्च अदालतको सार्वजनिक पूर्णपाठका अनुसार पर्यावरणीय अवस्थालाई ध्यानमा राखेर मात्र निजगढ विमानस्थल बनाउन आदेश दिइएको छ । अहिलेसम्मका सबै प्रक्रिया खारेज गरे पनि सर्वोच्चले विज्ञको टोली बनाएर अरु विकल्पमाथि अध्ययन गर्न भनेको छ ।
यद्यपि, सरकारले भने आगामी आर्थिक वर्षको बजेटमा विमानस्थल निर्माणका लागि बजेट छुट्याएको छ । सत्तारुढ दलका सबै नेताहरु निजगढमा विमानस्थल बनाउनुपर्नेमा एकमत छन् ।
- पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र पाकिस्तानकी राष्ट्रिय सभा सदस्य आलमबीच भेटवार्ता
- नक्कली सर्टिफिकेट पेस गरेर सबइन्जिनियरको जागिर खाने रामबाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती कर्मचारीको प्रत्येक ५ वर्षमा एक तह बढुवासहित तहगत व्यवस्थाको माग
- सशस्त्रद्वारा ट्रकमा लुकाएर भारत लैजान लागेको १४३ किलो गाँजा बरामद
प्रतिक्रिया