चुनौतीपूर्ण अर्थतन्त्रमा जटिलता थपिँदै गएको छ : पूर्वअर्थमन्त्री खतिवडा

पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले पनि चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा थप जटिलता थपिँदै गएको बताएका छन् ।

शनिबार काठमाडौंमा मदन भण्डारी बौद्धिक मञ्चद्वारा आयोजित संकटोन्मुख अर्थतन्त्र र आगामी आर्थिक वर्ष ०७९/८०को बजेट विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै खतिवडाले यस्तो बताएका हुन् ।

उनले निर्माण सामग्री,पेट्रोलियम पदार्थ, बैंकको ब्याजदर,यातायात ढुवानी भाडासमेत बढ्दै गएकाले अर्थतन्त्रमा चुनौती थपिँदै जाने बताए ।

पूर्वअर्थमन्त्री खतिवडाले सरकारले आगामी आर्थिक वर्षमा आयात प्रतिस्थापन गरेर निर्यातलाई दोब्बर गर्ने नीति ल्याएको भने पनि सम्भव नभएको दाबी गरे ।

उनले हरेक चिजको मूल्यवृद्धि हुँदै गएकाले हाम्रो कुनैपनि उत्पादनमा प्रतिष्पर्धा नहुने भएकाले निर्यात दोब्बर हुन नसक्ने बताए ।

पूर्वअर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुन नसक्ने दाबी गरे । डा.खतिवडाले वर्तमान सरकारले पाँच वर्षमा मुलुकको व्यापार सन्तुलन ल्याए सबैले सम्मान गर्ने बताए ।

उनले आर्थिक वृद्धिदर ५ प्रतिशत माथि जाने बित्तिकै व्यापार घाटामा दबाब पर्ने अवस्था रहेको बताए । डा. खतिवडाले आर्थिक वृद्धि गरेर मुलुकले निर्यात गर्न नसके शोधानान्तर घाटा बढ्ने र शोधानान्तर घाटा हुँदा पुनःअर्थतन्त्र भयावह हुने भन्दै सरकार अहिले त्यही बिन्दुमा रहेको जिकिर गरे ।

उनले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि पुग्ने अवस्था आयो भने बाह्य क्षेत्रको असन्तुलन अहिलेको भन्दा दोब्बर खराब हुँदै जाने भन्दै सरकारले यो कुरामा हेक्का राख्नुपर्ने बताए ।

पूर्वअर्थमन्त्री खतिवडाले कालोबजारी र पुँजी पलायनमा पैसा हराएर बैंकमा नफर्किएकाले बजारमा तरलता अभावको समस्या भएको बताए । उनले मुलुकमा ११० प्रतिशतसम्म कर्जा विस्तार भएर मात्रै बजार तरलता अभाव नभएको बताए ।

तरलता समस्या विषयमा अर्थमन्त्रालय,राष्ट्र बैंक,राजस्व अनुसन्धान र गृह मन्त्रालयले अध्ययन गर्नुपर्ने उनले बताए । उनले सरकारले विदेशी मुद्रा लगानीको लागि १ प्रतिशतको प्रिमियम र अनुदान दिने कुरा गरेर लगानी नआउने बताए ।

हुण्डीमार्फत डलर बाहिर गएकाले त्यसलाई सरकारले रोक्नुपर्ने बताए । अहिले अनुदानको संरचनामा नै परिर्वतन आएको उनले बताए ।

त्यस्तै पूर्वअर्थमन्त्री खतिवडाले रसुवागढी नाकाबाट हुने अनाधाकृत व्यापार रोक्न सके मात्रै पनि वर्षमा ३ खर्बको हुण्डी कारोबार रोकिने बताए ।

पूर्वमन्त्री खतिवडाले अघिल्लो सरकारले ल्याएको विदेशी लगानीले नै अहिलेको सरकार चलिरहेको दाबी गरे ।

उनले अघिल्लो सरकारलाई अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास गरेर १ खर्बसम्मको बिना योजना लगानी दिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *