माओवादीको केन्द्रीय समिति बैठक आज,चुनावी समीक्षा र पदाधिकारी चयन हुने

स्थानीय निर्वाचन सम्पन्न भएको ५० दिनपछि चुनावी समीक्षाका लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दैछ ।
आइतबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा स्थानीय चुनावी समीक्षाका अतिरिक्त पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो गठनको विषयमा समेत छलफल हुने छ ।
बैशाख ३० मा भएको स्थानीय चुनावमा माओवादी केन्द्रले अघिल्लो चुनाव भन्दा सुधारिएको प्रदर्शन गरेको छ । तर माओवादीका नेताहरुले अपेक्षा गरिएको जस्तो चुनावी परिणाम ल्याउन नसकेको बताउँदै आएका छन् ।
मा‌ओवादीको गत पुसमै महाधिवेशन भएपनि हालसम्म पदाधिकारी छनोट गर्न सकेको छैन । त्यसैगरी केन्द्रीय समितिले समेत पूर्णता पाउन सकेको छैन । यसअघि भएको केन्द्रीय समिति बैठकमा स्थानीय चुनावपछि हुने बैठकमा पदाधिकारी छनोट, कमिटीहरुलाई पूर्णता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *