प्रहरी महानिरीक्षक नियुक्ती बिरुद्धको रिटमा आज सुनुवाइ

नेपाल प्रहरीका महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा आजबाट चौथो सुनुवाइ हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा सुनुवाइ हुन लागेको हो ।

कायममुकायम प्रधानन्यायाधीश कार्की नेतृत्वको इजलासमा आईजीपी विवादको मुद्दा चौथोपटक सुनुवाइ हुँदैछ । गत वैशाख १८ मा सरकारले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्ति गरेको थियो ।

वरिष्ठता मिचेर आफूभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर