रञ्जु दर्शनाले प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवारी दिने

अघिल्लो स्थानीयको तहको चुनावमा काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार रहेकी रञ्जु दर्शनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएकी छन् ।

उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचनमा उठ्ने तयारी गरेको घोषणा गरेकी छन् । ‘संघीय चुनावमा मेरो उम्मेदवारी दिनेबारे तपाईंहरूले थाहा पाइसक्नुभएको छ । आउने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुन प्रतिस्पर्धामा उत्रिने जानकारी दिन चाहन्छु,’ उनले भनेकी छन् ।

उनी अब स्वतन्त्र रुपमा चुनाव उठ्ने तयारीमा छिन् । मेयरमा प्रतिस्पर्धा गर्दा उनी विवेकशील पार्टीकी उम्मेदवार थिइन् । त्यसपछि विवेकशील र साझा पार्टीबीच एकता भएपछि उनी विवेकशील साझा पार्टीमा थिइन् ।

तर केही महिनाअघि उनले उक्त पार्टी छाडिसकेकी छन् । ०७४ को स्थानीय तह चुनावमा दर्शनाले २३ हजार ४३९ मत ल्याएकी थिइन् । ०७४ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ५ बाट नेकपा एमालेका ईश्वर पोखरेल निर्वाचित भएका थिए ।

त्यसबेला यो क्षेत्रमा उम्मेदवार रहेका विवेकशील साझाबाट तत्कालीन अध्यक्ष उज्ज्वल थापाले ६ हजार आठ सय ५३ मत ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर