तीन महिनादेखि सम्पर्कविहीन सशस्त्र इन्स्पेक्टर साहलाई हटाउने तयारी

तीन महिनादेखि सम्पर्कविहीन सशस्त्र प्रहरी निरीक्षक डा. सुजीतकुमार साहलाई गृह मन्त्रालयले हटाउने तयारी गरेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै साहसँग सातदिने स्पष्टीकरण माग गरेको छ । गैरहाजिर रहनु पर्ने कारणसहित सफाई पेस गर्न ७ दिनको म्याद दिएको मन्त्रालयले जनाएको छ ।

सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी भएका डा.साह गत १३ वैशाखदेखि हाजिर भएका छैनन् । उनको स्थानीय ठेगानामा म्याद सूचना टाँस गर्दासमेतसम्पर्कमा नआएपछि सशस्त्र प्रहरी बललेसाहलाई सेवाबाट हटाउन गत २७ जेठमा गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

यसअघि मन्त्रालयले २ असारमा पनि सूचना जारी गर्दै सात दिनमा सफाइ पेस गर्ने मौका दिएको थियो । त्यसलाई बेवास्ता गरेको भन्दै मन्त्रालयले पुनः सात दिने म्यादसहितको सूचना जारी गरेको हो । सूचनामा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड (ख) (१) बमोजिमको विभागीय सजाय किन नदिने ? भनी स्पष्टीकरण सोधिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *