
काठमाडौंको केएमसी स्कुलमा कार्यरत युवती मृत फेला

काठमाडौंको बुद्धनगरस्थित केएमसी विद्यालयमा कार्यरत एक युवती मृत फेला परेकी छन् । काभ्रेको रोसी गाउँपालिकाकी २० वर्षीया रमा रायमाझी शनिबार राति झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो ।
रायमाझी डेढ वर्षदेखि स्कुलको होस्टलको क्यान्टिनमा काम गर्दै आएकी थिइन् । हत्याको आशंकामा परिवारले युवतीको शव उठाउन दिएका छैनन् । मृतकका बुबाआमा स्कुलमा आइपुगेका छन् ।
प्रहरीले घटनास्थलमा कडा सुरक्षा दिइरहेको छ । विद्यालय, प्रशासन र मृतकका परिवारबीच वार्ताको तयारी भइरहेको छ । प्रहरीले थप अनुसन्धान थालिएको जनाएको छ ।
- बजेट सुनिश्चित नभएसम्म निजगढमा रुख काट्न दिइन्न : वनमन्त्री यादव
- पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र पाकिस्तानकी राष्ट्रिय सभा सदस्य आलमबीच भेटवार्ता
- नक्कली सर्टिफिकेट पेस गरेर सबइन्जिनियरको जागिर खाने रामबाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती कर्मचारीको प्रत्येक ५ वर्षमा एक तह बढुवासहित तहगत व्यवस्थाको माग
प्रतिक्रिया