प्रहरीमा बढुवाभन्दा पनि कार्यसम्पादनमा प्रतिस्पर्धा गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीभित्र बढुवाको लागि भन्दा पनि उत्कृष्ट कार्यसम्पादनको लागि प्रतिस्पर्धा गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका १७ जनालाई गृह मन्त्रालयमा बधाई दिँदै खाणले यस्ता निर्देशन दिएका हुन् ।

प्रहरी अधिकृतले सरकारले उपलब्ध गराएको सीमित स्रोत साधन उपयोग गरेर उत्कृष्ट जिम्मेवारी पूरा गर्नुपर्ने खाणले बताए ।

खाणले अहिले  डीआईजी भएकाहरू नौ महिनापछि महानिरीक्षक बन्ने भएकाले राम्रो कायसम्पादन गर्दै आफूलाई अब्बल अधिकृत बनाउने कोसिस गर्न पनि निर्देशन दिए ।

नेपाल प्रहरीमा महिला नेतृत्व तहमा पुग्नुपर्छ भन्ने चाहना सरकारको रहेको पनि उनले बताए । अहिले डीआईजीमा बढुवा भएका १७ जनामध्य चार महिला छन् । किरण बज्राचार्य, मिरा चौधरी, दुर्गा सिंह र किरण राणा डीआईजीमा बढुवा भएका हुन् ।

यसअघि असार ८ गते डीआईजीमा बढुवा सिफारिस भएका १७ जनाले आईजीपी धिरजप्रताप सिंहबाट प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह पाएका थिए ।

गृहमन्त्री खाणले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापित गर्न प्राप्त गर्ने सफलता नै नेपाल सरकारको सफलता हुने पनि बताए । उनले नयाँ डीआईजीहरुले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘प्रहरीको उच्च ओहदामा पुग्नुभएकोमा नेपाल सरकार र गृह मन्त्रालयका तर्फबाट हार्दिक बधाई,’ गृहमनत्री खाणले भने, ‘नयाँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर